१५ बैशाख २०८१, शनिबार
विमान दुर्घटना अपडेट : ७२ मध्ये ४० जनाको शव भेटियो
  • काँचुली खबर

१ माघ, काठमाडौँ । यति एयरलाइन्सको विमान दुर्घटनामा परेका ४० जनाको शव भेटिएको छ । आइतबार काठमाडौँबाट पोखराका लागि उडेको यति एयर प्रालिको एनवाईटी-६९१, ९ एन-एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका-१७ घारिपाटनस्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु र चालक दलका ४ सदस्य सवार थिए ।

दुर्घटनास्थलबाट निकालिएको शव पोखरास्थित गण्डकी अस्पतालमा राखिएको कास्कीका एसपी अजय केसीले रातोपाटीलाई बताए । नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा ५३ जना नेपाली, ५ भारतीय, ४ जना रशियन नागरिक, १ जना आयरल्याण्डको नागरिक, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २ र फान्सेली नागरिक एकजना सवार थिए ।

विमानमा ४ जना चालक दलका सदस्य थिए । प्राधिकारणका अनुसार क्याप्टेन कमल केसीसहित चालक दलका अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आलेमगर सवार थिए ।

  • १ माघ २०७९, आईतवार १४:३५ प्रकाशित
  • Nabintech