७ बैशाख २०८१, शुक्रबार
डा. के.सी. को मागप्रति ऐक्यवद्धता जनाउँदै बृहत्त र्याली
  • काँचुली खबर

  • चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह सुरु गरेका डा. गोबिन्द के.सी. को पक्षमा बृहत्त र्याली निकालिएको छ । हाल जुम्लामा अनशनरत डा. के.सी. का मागहरु तत्काल सम्बोधन गरिनुपर्ने भन्दै बाँकेको कोहलपुरमा बृहत्त र्याली निकालिएको हो ।
    नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति बाँकेको अगुवाईमा निकालिएको र्यालीमा नेपाल विद्यार्थी संघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्ष रामप्रसाद अधिकारीसँगै बिभिन्न संघसंस्थाका प्रतिनिधी तथा स्थानियहरुले समेत सहभागी जनाएका थिए ।
    र्यालीका सहभागीहरुले के.पि. शर्मा वली नेतृत्वको सरकारले गर्दै आएका कामकारवाहीहरु सन्तोषजनक नभएको भन्दै बिरोध जनाएका छन । पछिल्लो समय सरकारका कारण सबै क्षेत्रमा बेतिथि बढ्दै गएको र त्यसको निराकणकालागि दवाव सृजना गर्ने उद्धेश्यले शान्तीपूर्ण र्याली निकालिएको नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष पूर्णप्रसाद आचार्यले जानकारी दिए ।


कोहलपुर विद्युतरोडदेखि निकालिएको र्याली कोहलपुर चौराहमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री कुन्दनराज काप्mलेले सरकार डा. के.सी. को मागप्रति गम्भीर नभएको आरोप लगाए । काप्mलेले डा. के.सी. का मागहरु प्रति एक्यवद्धता जनाउँदै देशभरबाट दवाव सृजना गर्न आवश्यक देखिएको बताउँदै नेपाल विद्यार्थी संघले सुरु गरेको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका थिए ।
यसैबिच महामन्त्री काफ्ले र उपाध्यक्ष रामप्रसाद अधिकारी सहित नेपाल विद्यार्थी संघ बाँकेको टोली डा. के.सी. को सत्याग्रहमा सहभागी हुन जुल्ला पुगेको छ । कोहलपुरको र्याली समापन भएलगत्तै उक्त टोली जुम्लातर्फ प्रस्थान गरेको र भोली जुम्लामा समेत र्याली निकाल्ने तयारी गरिएकोे नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

  • ३० असार २०७५, शनिबार १४:३० प्रकाशित
  • Nabintech