१५ बैशाख २०८१, शनिबार
ट्रकमा मोटरसाईकल ठोक्कीदा दुई जना घाईते
  • काँचुली खबर

मंसिर २०, कोहलपुर । मंगलबार बेलुका कोहलपुरमा सडक दुर्घटना हुँदा २ जना घाईते भएका छन । कोहलपुर–नेपालगंज सडकखण्ड अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. ९ स्थित कौशिल्या अस्पताल नजिकै ट्रक र मोटरसाईकल आपसमा ठोक्कीदा मोटरसाईकलमा सवार दुई जना घाईते भएका छन ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुरबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख २७०६ नम्बरको ट्रकमा सोही दिशातर्फ गईरहेको भे७प ५५६३ नम्बरको मोटरसाईकल जुधेर दुर्घटना भएको हो । दुर्घटनामा मुगु घर भई हाल राँझा बस्दै आएका दुई युवा घाईते भएको र उनिहरुको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

  • २० मंसिर २०७९, मंगलवार २१:२९ प्रकाशित
  • Nabintech