१६ चैत्र २०८०, शुक्रबार
एमाले उम्मेदवार ढकालकै वडावाट सिंगो गाँउ काँग्रेस प्रवेश
  • काँचुली खबर

कात्तिक १, कोहलपुर । नेकपा एमालेका तर्फबाट बाँके क्षेत्र नं. १ को उम्मेदवार बनेका सुर्य ढकालकै वडाबाट सिगो गाँउ गठबन्धनको दल नेपाली काँग्रेस प्रवेश गरेका छ । कोहलपुर १२ को दाउन्ना गाँउका २० घरपरिवार नेपाली काँग्रेस प्रवेश गरेका हुन । उनिहरुलाई नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसीले टिका लगाएर पार्टी प्रवेश गराएका छन ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै सभापति केसीले संबिधानको रक्षा गदै जनअधिकार प्राप्तीका लागी गठबन्धन बनेको भन्दै गठबन्धनका उम्मेदवारहरु प्रतिनिधी सभामा महेश्वर जंग गहतराज (अथक)लाई हसियाँ अथौडा र प्रदेश सभामा फुलाराम थारुलाई रुख चिन्हमा मतदान गरि बिजयी गराउन आग्रह गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्र नं १ (२) का सभापति बलाराम शर्माले नवप्रवेशीहरुलाई पार्टीले संरक्षण गदै राजनैतिक रुपमा उचित जिम्मेवारी दिईने बताए ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले आफु बिजयी भएपछि जनभावना अनुसार बिकासका कामहरु गर्ने प्रतिवद्धता जनाएका थिए ।

नव प्रवेशी हरि प्रसाद बाठाले नेकपा एमालले जनतालाई भोट बैकको रुपमा प्रयोग मात्रै गर्ने गरेको भन्दै आफुहरु नेपाली काँग्रेस प्रवेश गरेको बताए ।

  • १ मंसिर २०७९, बिहीबार १७:२१ प्रकाशित
  • Nabintech