११ बैशाख २०८१, मंगलवार
साझा समस्या समाधानका लागि गठबन्धनको विकल्प छैन : मतदाता
  • काँचुली खबर

कात्तिक २८, कोहलपुर । बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वार फुलाराम थारुलाई राप्ती सोनारीका मतदाताहरुले भव्य स्वागत गरेका छन् । राप्ती सोनारी गाउँपालिका वडा नं. ८ अन्तर्गतको धर्मवती र पेरानी गाउँका मतदाताहरु उत्साहित हुँदै घरदैलोको लागि पुगेका प्रदेश सभा उमेद्वार थारुलाई भव्य स्वागत गर्दै आफूहरुका साझा समस्या समाधानका लागि बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्ने मनस्थिती बनाएको बताएका छन् ।

लुम्बिनी प्रदेश समानुपातिक तर्फकी उमेद्वार तथा नेपाली काँग्रेस नेतृ सञ्जु कुमारी चौधरी सहितको घरदैलो कार्यक्रमको नेतृत्व गरेकी नेपाली काँग्रेस नेतृ एवं निवर्तमान गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीले प्रदेश सभा (ख) अन्तर्गत पर्ने राप्ती सोनारी गाउँपालिकाको वडा नं. ८ र ९ मतदाताहरुको समर्थन बाम लोकतान्त्रिक गठबन्धनका उमेद्वारलाई रहेको दावी गरेकी छिन् । प्रदेश ख मा पर्ने कोहलपुर नगरपालिकाका सबै वडा र राप्ती सोनारी गाउँपालिकाका ८ र ९ नम्वर वडामध्ये आफ्नो क्षेत्रमा पर्ने २ वटा वडामा गठबन्धनका अगाडी अन्य राजनीतिक दलहरु अस्तित्व निकै कमजोर भएको ठोकुवा गर्दै नेपाली काँग्रेस नेतृ खत्रीले घरदैलो तथा अन्य चुनावी कार्यक्रमहरुमा मतदाताहरुले देखाएको अपनत्व र उत्साहले पनि गठबन्धनको जीत सुनिश्चित भएको दावी गरेकी छिन् ।

यस्तै राप्ती सोनारी गाउँपालिका वडा नं. ८ को धर्मवती गाउँमा बाम लोकतान्त्रिक गठबन्धन अन्र्तगत प्रदेश सभा (ख) का उमेद्वार थारु पुग्दा मतदाताहरुको स्वतःस्पूmर्त रुपमा ठुलो उपस्थिती जनाएर सहयोग गर्ने प्रतिबद्वता पाएको भन्दै थारुले मंशिर ४ को निर्वाचन पछि बन्ने गठबन्धनको प्रदेश तथा संघमा बन्ने सरकारले मतदाताहरुले अपनत्व गर्ने सरकार बन्ने दावी गरेका छन् । पेरानाी गाउँमा बन्यजन्तु र मानवबीचको द्वन्द्व समाधानका लागि आवश्यक पहल गर्न मतदाताहरुले दर्शाएको साझा समस्या समाधानका लागि प्रदेश सभा उमेद्वार थारुले प्रतिबद्वता जनाएका छन् ।

“बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रसँग जोडिएको पेरानी गाउँमा मानव बन्यजन्तुबीचको द्वन्द्व प्रमुख समस्या रहँदै आएकोमा निर्वाचनमा बिजयी भएमा पहल गर्न निकै सहज हुनेछ तर निर्वाचनमा उप-बिजेता बनेको खण्डमा समेत समस्या समाधानका लागि आवश्यक सबै भूमिका निर्वाह गर्नेछु, यो मेरो वचन भयो ।” थारुले भने ।

यस्तै धर्मवती गाउँमा रहेको गौशाला व्यवस्थित रुपमा व्यवस्थापन गर्न नसकिएकाले बहुसंख्यक किसानहरुको अन्नबालीमा ठुलो क्षती हुँदै आएको भन्दै यहाँका मतदाताहरुले गौशाला क्षेत्रलाई व्यवस्थित रुपमा तारबार गरेर सबै वडावासीको साझा समस्या समाधानका लागि माग गरेका छन् । गाउँको साझा समस्याहरु खानेपानी र उच्च शिक्षा हासिल गरीसकेका युवा युवती मजदुरी गर्न बाध्य भएको भन्दै योग्यता अनुसारको रोजगारीको समस्या पनि प्रमुख मुद्वा रहेको प्रदेश सभा उमेद्वार थारुलाई स्थानियले दर्शाएका थिए । गाउँका साझा समस्याबारे जानकारी लिएपश्चात उमेद्वार थारुले गाउँका साझा समस्या सभाधानका लागि मंशिर ४ को निर्वाचन पछि बन्ने स्थानिय, प्रदेश तथा संघिय सरकार सहित तिनवटै सरकार आवश्यक बजेट तथा नीति अवलम्बन गर्ने प्रतिबद्वता जनाएका छन् ।

स्थानिय सरकारले मात्र चाहेर गाउँका साझा समस्या समाधान गर्न सहज छैन, गाउँपालिका सिमित बजेटबाट सम्बोधन हुन सक्तैन, प्रदेश सरकार र संघीय सरकारको सहयोग बिना जटिल भएकाले समस्या समाधानका लागि कुनै कसर बाँकी नराख्ने थारुले मतदाताहरुमाझ प्रतिबद्वता जनाएका छन् । “यो गाउँमा मैले पाएको सद्भाव र समर्थनले ठुलो जिम्मेवारी बोध भएको छ, यो गाउँका साझा समस्या समाधानको विषयलाई प्रमुखता साथ ग्रहण गरेको छु ।” उनले भने ।

  • २९ कार्तिक २०७९, मंगलवार १४:०६ प्रकाशित
  • Nabintech