२६ बैशाख २०८१, बुधबार
हामी हाम्रा उम्मेदवारले काम नगरे खबरदारी गर्नेछौं : ढकाल
  • काँचुली खबर

कात्तिक २८, कुसुम । नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकालले कुसुम क्षेत्रका तमाम समस्याहरुको सम्बोधन गरी समस्या निराकार गर्ने प्रतिबद्धता जनाएका छन । आज कुसुममा आयोजित राप्रपा, एमाले संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ढकालले जल, जंगल र जमिन भएको स्थानमा स्थानियहरुलाई राष्ट्रिय निकुञ्जले चैनसँग बस्न नदिएको भन्दै यो सिंगो कुसुमबासिको समस्या भएकाले जंगली जनावरबाट कुसुमबासिलाई कसरी सुरक्षित राख्ने भन्ने बिषय निकै चिन्ताको विषय भएकाले राष्ट्रिय स्तरबाट सम्बोधन गर्ने गरि आफुले कामको थालनी गर्ने बताए ।

निकुञ्जका जनावरहरुले घर पालुवा पशु चौपायाहरुको मात्र नभई बालिनालीको पनि क्षति गर्ने भन्दै पशुबिमा तथा बालि बिमाको ब्यबस्था गरिने बताए ।

राप्ति नदिमा पक्की पुल नहुँदा कुसुमबाट वारपार गर्दा सवारी साधन वारी राखेर जानुपर्ने बाध्यता चिर्न पक्कि पुल निर्माण गर्ने आफ्नो संकल्प रहेको भन्दै ढकालले ऐलानी र अब्यबस्थित बसोबासिहरुलाई लालपुर्जा सहितको बस्तिमा परीणत गर्न निति निर्माण तहदेखि नै पहल गर्ने बताए । “म सदनमा आवाज उठाउछु, तपाईहरु यो राजमार्गबाट आवाज उठाउनुहोस ।” अधिकार भन्ने चिज माग्ने हनै खोस्ने हो भन्दै ढकालले राष्ट्रिय पुजिको निर्माण गरि नेपाली युवाहरुलाई स्वदेशमै रोजगार दिन बिभिन्न कलकारखाना निर्माण देखि आयमुलक कार्यक्रमहरुमा युवाहरुको सहभागिता हुने गरि कार्यक्रम बिस्तार गर्ने बताए ।

बाँके क्षेत्र नं. १ क प्रदेश सभा सदस्य नरेन्द्र कुमार पौडेलले राप्तिसोनारी १ को बिकासका निम्ति आफुले यस अघि गाबिस अध्यक्ष हुँदा देखि नै पहल कदमी गरिरहेको चर्चा गर्दै अपुरा र अधुरा काम सम्पन्न गर्न यस पटक आफु प्रदेश सभा सदस्य पदमा उठेको बताए । आफु त्यहाँको माटोसँग परिचित भएकाले त्यहाको आवश्यकताबारे राम्रो ज्ञान रहेको भन्दै यसअघि जितेर टुरिष्ठ बनेकाहरुको बिकास देखिसकिएकाले अब यस क्षेत्रमा नयाँको बिकल्प भएको बताए ।

अझै पनि कुसुम क्षेत्र शिक्षा, स्वास्थ्य लगाएत आधारभुत अधिकारबाट बञ्चित रहेको भन्दै पौडेलले जल, जमिन र जंगलको सदुपयोग गरि यस क्षेत्रलाई संबृद्ध बनाउने आफ्नो योजनामा साथ दिन उपस्थितमाझ आब्हान गरे ।

कार्यक्रममा पुर्ब मन्त्री एवं राप्रपा नेता प्रेम बहादुर भण्डारी, एमाले केन्द्रिय सदस्य शान्ति ढकाल, नेकपा एमाले बाँके उपाध्यक्ष डिल्ली बिसि लगाएतले मन्तब्य राखेका थिए ।

  • २८ कार्तिक २०७९, सोमबार १७:५५ प्रकाशित
  • Nabintech