१३ बैशाख २०८१, बिहीबार
वन्यजन्तुबाट हुने बालीनालीको क्षती रोक्न प्रतिवद्ध छौं : मन्त्री अथक
  • काँचुली खबर

कात्तिक २७, ढकेरी (बाँके) । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले ढकेरी क्षेत्रको विकासकालागि आफू प्रतिबद्ध भएको बताएका छ्न । आइतबार राप्तीसोनारी गाउँपालिका वडा नं. ९ को गुरुवागाँउको चुनावी सभालाइ सम्बोधन गर्दै उनले ढकेरी क्षेत्रमा विकासको गति सुरु भएको र यस क्षेत्रको विकासका लागी आफू तल्लीन रहेको समेत बताएका छ्न ।

खास गरि ढकेरी क्षेत्रमा खोला नालाको कटान वन्यजन्तुबाट हुने बालीनालीको क्षती बारे रोकथाम गर्ने बारे आफू गम्भीरतापूर्वक लाग्ने प्रतिबद्धता जनाउँदै लिखित प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका छ्न ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ (ख) लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार फुलाराम थारूले ढकेरी क्षेत्रलाई पर्यटन क्षेत्रको रुमा विकास गर्न सकिने बताउँदै यस क्षेत्रका समस्याहरुलाइ आवश्यकता अनुसारको सम्बोधन गर्दै जाने बताए । ‘हामीले यहाँका समस्या बुझेका छौ यसको हल गर्नको निम्ति वाम लोकतान्त्रिक गठनबन्धनका उम्मेदवार हरुलाइ मतदान गरि जिताउन अपिल गर्छौ’ थारूले भने ।

कार्यक्रम राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का निर्वाचन परिचालन समितीका संयोजक दल बहादुर खड्काले वडा भित्र रहेका समस्याहरु प्रस्तुत गरेका थिए । चुनावी सभामा पन्चैबाजा सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई स्वागत गरीएको थियो । कार्यक्रममा समानुपातिक उम्मेदवार पवित्रा रोकाय, बिष्णु चौधरी लगाएत नेता कार्यकर्ता तथा स्थानीयवासीको सहभागीता रहेको थिए ।

  • २७ कार्तिक २०७९, आईतवार २०:१६ प्रकाशित
  • Nabintech