२८ बैशाख २०८१, शुक्रबार
भलिबल संघका नयाँ पदाधिकारीलाई सदस्य सचिव घिसिङले दिए बधाई
  • काँचुली खबर

भाद्र २७, काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले नेपाल भलिबल संघका नव निर्वाचित अध्यक्ष जितेन्द्रबहादुर चन्द सहित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेका छन । राखेप सदस्य सचिव घिसिङले सफल
कार्यकालको शुभकामना समेत व्यक्त गरे ।

संघका नव निर्वाचित अध्यक्ष चन्दले राखेप सदस्य सचिव घिसिङलाई धन्यवाद दिए ।

राखेप सदस्य सचिव घिसिङ समक्ष संघले अन्तरराष्ट्रिय स्तरको कबर्ड हल, कार्यालय व्यवथापनका लागि कर्मचारी आवश्यक रहेको कुराको ध्यानाकर्षण गराएको थियो । राखेप सदस्य सचिव घिसिङ्ले उमेर उमेर समुहगत राष्ट्रिय प्रतियोगीता, उमेर समुहगत अन्तरराष्ट्रिय सहभागीतालाई पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिए ।

राखेप सदस्य सचिव घिसिङले एक सुत्रिय भलिबलको लागि कबर्ड हल निर्माणको लागि जती सक्दो चाँडो स्थान फाइनल गर्न आग्रह गरे । उनले स्थान फाइनल गर्ने बितिक्कै कबर्ड हल निर्माणको काम अघी बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

घिसिङले भने, ‘भलिबलको लागि कबर्ड हल निर्माणको काम जतिसक्दो चाँडो गर्न तयार छु । आउँदो नवौँ राष्ट्रिय खेलकुदबाट धेरै नयाँ प्रतिभा आउन सक्छ । नयाँ ट्यालेन्ट को हुन सक्छ भन्ने कुराको खोजी गर्नुहोला । नवौँ राष्ट्रिय खेलकुदको भलिबल तर्फको प्रतियोगिताको सफतलाको शुभकामना व्यक्त गर्दछु ।’

  • २७ भाद्र २०७९, सोमबार ०८:४३ प्रकाशित
  • Nabintech