भाद्र २४, बैजापुर । बाँकेको राप्तीसोनारी ९ ढकेरी स्थित झिझरी पुलमा बस र मोटरसाईकल एक आपसमा ठोक्कीदा २ जना गम्भिर घाइते भएका छन् । ट्राफिक प्रहरी शम्शेरगन्जका इन्चार्ज सई नगेन्द्र शाहीका अनुसार शुक्रबार दिउँसो १ बजेतिर कोहलपुरबाट पुर्व जाँदै गरेको भे १ ख १९२५ नम्बरको बस र अगैयाबाट कोहलपुर तर्फ जाँदै गरेको भे ७ प ५४५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा २ जना घाइते भएका हुन ।
घाइते हुनेमा मोटरसाईकल चालक राप्तीसोनारी वडा न. ३ भवनीयापुर निवासी खड्क विक्रम श्रेष्ठ (लयन) र पछाडी बसेकी राप्तीसोनारी ५ निवासी २७ वर्षिया सावित्रा थारु छन् । चालक श्रेष्ठको अवस्था गम्भीर रहेको छ । दुवैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
अस्पताल स्रोतको अनुसार श्रेष्ठलाई भेन्टीलेटरमा राखेर उपचार भइरहेको छ भने थारुको अवस्था केहि सामान्य रहेको छ ।
२४ भाद्र २०७९, शुक्रबार १५:३४ प्रकाशित