१२ आश्विन २०७९, बुधबार
माओवादी बलियो नभएसम्म प्रतिगमन र प्रतिक्रान्तिको खतरा रहन्छ : प्रचण्ड
  • काँचुली खबर

भाद्र २२, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन प्रणाली नै गलत रहेको बताएका छन । आज काठमाण्डौमा अखिल क्रान्तिकारी केन्द्रीय समितिद्वारा आयोजित विद्यार्थी स्वयंसेवकको राष्ट्रिय भेला तथा क्रान्तिकारी फोर्स घोषणा प्रशिक्षण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

प्रचण्डले भने, ‘युवा विद्यार्थीहरु सडकको हिरो तपाईहरु हो, तपाईहरु अआउँदासम्म देशले गति लिँदैन, सडक तताउने, जनताको टेल, गाउँमा एउटा अभियान चलाउने कार्यक्रम बन्दै छ भन्ने विश्वास छ ।’ संविधानसभाबाट संविधान बनाउँदै गर्दा हाम्रो निर्वाचन प्रक्रियामा देखिएको विकृति र विसंगतीलाई हटाउन एउटा अभियानको रुपमा लिएको बताउदै उनले जनताको बीचमा यि मान्यताहरुलाई स्थापित गर्न विशेष पहल गर्न निर्देशन दिए ।

टोल, गाउँमा पुगेर जनतामा नयाँ चेतनाको विस्तार गरी अर्को आन्दोलनतिर अगाडि बढ्न उत्प्रेरित गर्न उनले अनुरोध गरेका छन् । ‘जतिवेला हामी जनयुद्धको तयारी गर्दा हामी तपाईहरु जस्तै थियौ, अहिले हामीहरुले जनवादी क्रान्तिलाई आफ्नो मौलिकतामा आफ्नै ढंगले पूरा गरेका छौं । अब हामी समाजवादको क्रान्तिको नयाँ चरणमा प्रवेश गरेका छौं । त्यसको नेतृत्वको जिम्मेवारी तपाईहरुको काँधमा छ । अपिल छ, कम्युनिष्ट आन्दोलनको तपाई उत्तराधिकारी हो, आशा भरोसा तपाईहरुमाथि छ’, प्रचण्डले भने ।

उनले विगतमा प्रतिगमनका विरुद्ध संघर्ष गरि पराजित गरेको सम्झंदै अगामी निर्वाचनमा यो देशको राजनीतिलाई देश र जनताको आवश्यकता राष्ट्रिय स्वाधिनतादेखि आर्थिक विकास र समृद्धिको कुरालाई नयाँ उचाईमा पुर्याउन आबस्यक रहेको बताए । त्यो नयाँ उचाईमा जबसम्म माओवादी केन्द्र बलियो भएर आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिको खतरा जारी रहने उनको धारणा थियो ।

  • २२ भाद्र २०७९, बुधबार २१:०० प्रकाशित
  • Nabintech