भाद्र १२, कोहलपुर । बाँकेमा पहिलो पटक नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन हुने भएका छन । आईतबार भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कोहलपुरमा नापी तथा मालपोतको शाखा कार्यालय उद्घाटन गर्ने भएका हुन ।
मालपोत कार्यालय बाँकेका प्रमुख छबि नेपालीका अनुसार कोहलपुर नगर बिकास समितीको हाता भित्र रहेको एक भवनमा कार्यालय उद्धघाटन गर्न लागिएको हो । दिउँसो २ बजे गर्ने भनिएकोे उद्घाटन कार्यक्रममा सहभागी हुन भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ आज बाँके आउन लागेको मन्त्रीका स्वकिय सचिव विभव वानियाले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
माओवादी केन्द्रका नेता एवं खेलकुद मन्त्री अथक, बाँकेका युवा नेता नरेन्द्र न्यौपाने, तुलाराज बिष्ट (बिहानी), माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्यक्ष अवराज खड्का लगाएतको पहलमा जिल्लामै पहिलो पटक नापी तथा मालपोतको शाखा कार्यालय कोहलपुरमा संचालन गर्न लागिएको हो ।
१२ भाद्र २०७९, आईतवार ०८:५५ प्रकाशित