१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय स्थापना हुने
  • काँचुली खबर

भाद्र ८, कोहलपुर । भुमिसुधार तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बाँकेको कोहलपुरमा एक हप्ता भित्रै नापी तथा मालपोतको शाखा कार्यालय स्थापना गर्न निर्देशन दिएकी छन् । सोमबार नेपालगन्ज एयरपोर्टमा भुमिसुधार तथा गरिबी निवारण मन्त्री श्रेष्ठले नापी र मालपोत कार्यालय बाँकेका प्रमुखहरुसंगको भेटमा यस्तो निर्देशन दिएकी हुन ।

उक्त भेटमा सहभागी माओवादी केन्द्रका केन्दीय सदस्य नरेन्द्र न्यौपानेले माओवादी पार्टीका तर्फबाट नापी र मालपोत शाखा कार्यालय छिटो स्थापना गरिदिन आग्रह गरे लगत्तै मन्त्री श्रेष्ठले एक हप्ता भित्रै कार्यालय स्थपना गर्ने गरि काम थाल्न कर्मचारीहरु लाई निर्देशन दिएकी हुन ।

मालपोत कार्यालय बाँके श्रोतका अनुसार भाद्र १५ गते भित्र शाखा कार्यालय स्थपना गर्ने तयारी भईरहेको छ । उक्त भेटमा प्रदेश सांसद कृष्ण केसी नमुना, माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, लुम्बिनी प्रदेश सहसचिव अकल बहादुर बम, जिल्ला अध्यक्ष एवं खजुरा गाँउपालिका अध्यक्ष डम्वर बहादुर बिक तुफान, जिल्ला सचिव अमिर केसी, माओवादी केन्द्र कोहलपुरका अध्यक्ष अवराज खड्का लगायत नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

  • ८ भाद्र २०७९, बुधबार ०८:४९ प्रकाशित
  • Nabintech