साउन २८, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको छ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका-१९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संलग्न भएको खुलेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
२५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षीया श्रीमती अञ्जलीको हत्यामा संलग्न खुलेको डिएसपी मल्लले जानकारी दिए।
साउन १० गते बिहान आफ्नै घरमा एक वर्ष पहिले बिहे गरेका गडरिया दम्पतीको हत्या भएको थियो। घटना लगतैदेखि आरोपित बेहेना फरार रहेको र उनको खोजी जारी रहेको डिएसपी मल्ले बताए।
प्रहरीका अनुसार गडरिया दम्पतीको हत्यामा संलग्नमध्य नेपालगन्ज-१९ सूर्जे गाउँकै १९ वर्षीय राजन सोनकर र वडा नम्बर १८ लकदवाका २६ वर्षीय सकिल अली शेष पक्राउ परेपछि घटना अनुसन्धान गर्ने क्रममा बेहेनाको पनि संलग्नता खुलेको हो।
बेहेना भागेर छिमेकी देश भारतमा पुगिसकेको प्रहरीको भनाई छ।
कृष्णका सहोदर दाजु विजयकुमार र उनकी श्रीमती रेखाको योजनामा नेपालगञ्जकै ‘कन्ट्र्याक्ट किलर’ प्रयोग भएको तथ्य प्रहरी अनुसन्धानबाट खुलिसकेको छ। प्रहरीका अनुसार हत्यामा प्रयोग भएका ब्यक्तिले घटना हुनुभन्दा अघिल्लो दिन ५० हजार बुझेका थिए।
पाँच लाखमा भाइ-बुहारीको हत्या गर्न भनेर ‘कन्ट्रयाक्ट किलर’ लाई दाजु विजयकुमारले सुपारी दिएर योजना बनाएको तथ्य खुलेको डिएसपी मल्लले जानकारी दिए ।
बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार बाबुआमाले भाइ-बुहारीलाई बढी माया गरेको र आफूहरूलाई टाढा बनाएको बाहानामा दाजु विजयकुमारले हत्याको योजना बनाएका थिए ।
भाइलाई बुहारीले कुरा लाउने र भाइले बुवालाई उचालेर आफूलाई कुटेको हुँदा त्यसकै बदला लिन दाजु भाउजु मिलेर भाइ बुहारीको हत्याको योजना बनाएको एसपी अधिकारीले बताएका थिए। सेतोपाटीबाट
२८ श्रावण २०७९, शनिबार १२:२६ प्रकाशित