साउन २६, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन/निरिक्षण गरेका छन । मधेश प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणकालागि बिहिबार सिमरा पुगेका मन्त्री अथकले मैदानको भौतिक संरचना र निर्माण पक्षको बारेमा समेत जानकारी लिएका छन ।
करिब १४ बिगाहा क्षेत्रफलमा फैलीएको सिमरा रंगशालाको निर्माणधिन प्याराफिटको अनुगमन गर्दै मन्त्री अथकले बाँकी रहेको निर्माण कार्यलाई चाँडै अगाडी बढाईने बताए । काठमाण्डौंदेखी सबैभन्दा नजिकको दुरीमा रहेको सिमरा रंगशाला निर्माण सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु संचालनमा सहजता हुने बताउँदै मन्त्री अथकले उक्त रंगशालाको विशेष महत्व रहेको उल्लेख गरे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
“रंगशाला निर्माणकालागि स्थानियस्तरबाट भएको प्रयास स्रहानिय छ, यसको पूर्णताकालागि अझैं प्रयास गर्नुपर्ने देखिन्छ” मन्त्री अथकले भने, “रंगशालाको पूर्णताकालागि आर्थिक स्रोत सुनिश्चितताको आधार खोज्न मन्त्रालय प्रतिवद्ध भएर लाग्छ, ढुक्क हुनुहोस ।”

उनले सिमरा रंगशालाभित्र खेलकुदका अन्य संरचना निर्माणको सम्भाब्यता समेत अध्ययन गरेर अगाडी बढिने बताए । सिमरा रंगशालालाई केन्द्र सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले खेलकुदको हबका रुपमा सिमरालाई बिकास गर्न दिर्घकालीन रणनिति बनाउनुपर्नेमा समेत जोड दिए ।
२६ श्रावण २०७९, बिहीबार २०:५३ प्रकाशित