८ बैशाख २०८१, शनिबार
शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भयो : प्रचण्ड
  • काँचुली खबर

असार २३, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता प्रदर्शन गरेको बताएका छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठान कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले शर्माको राजीनामाले नैतिकता र त्यागको सन्देश गएको बताएका हुन् ।

‘अर्थमन्त्रीले आफूले केही गरेको छैन भन्नुभएको छ, उहाँको राजीनामाले नैतिकता र त्यागको एउटा सन्देश गएको छ । संसदमा कुरा उठेपछि उहाँले प्रष्ट कुरा राखेर संसदमा नैतिकता प्रदर्शन गर्नुभएको छ,’ प्रचण्डले भने ।

शर्माले राजीनामा नगरे यही विषयलाई उचालेर गठबन्धनलाई नै खतरा पार्ने डिजाइन भएको प्रचण्डको भनाइ छ।

‘उहाँले राजीनामा नगरेको भए विषयलाई भ्रमित पार्दै र उचाल्दै राजनीति अप्ठ्यारोमा पार्ने र गठबन्धन अप्ठ्यारोमा पार्ने ठूलो डिजाइन भयो । त्यो डिजाइनलाई त्यागद्वारा जवाफ दिइएको छ । यसबारे कार्यकर्ता र जनतालाई भन्नुपर्छ,’ प्रचण्डले भने ।

शर्माको राजीनामाले राजनीतिक संस्कारको विकास भएको पनि उनले दाबी गरे ।

‘कतपियले यसलाई माओवादीलाई अपमानित गर्न प्रयोग गर्छन् तर यसलाई नयाँ तरिकाबाट लैजान जरूरी छ,’ प्रचण्डले भने ।

आर्थिक वर्ष २०७९/०८०को बजेट बनाउँदा अनधिकृत मानिसलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका शर्माले बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

  • २३ असार २०७९, बिहीबार १२:४९ प्रकाशित
  • Nabintech