१५ चैत्र २०८०, बिहीबार
माओवादीको बैठक बिहीबारसम्मका लागि स्थगित
  • काँचुली खबर

असार २२, काठमाडौँ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सोमबार बसेर स्थगित गरिएको बैठक बुधबार दिउँसो १ बजेका लागि तय गरिएको थियो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिए । ‘नेतृत्वको टिम संसद् बैठकमा सहभागी बन्नुपर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक भोलि २०७९ असार २३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ’, मल्लले जानकारी दिए ।

केन्द्रीय समिति जारी बैठकमा पदाधिकारीसहित विभिन्न विभागमा पूर्णता दिनका लागि नेतृत्वसँग माग गरिएको छ । केही दिनमै माओवादीले महासचिवसहित विभिन्न पदाधिकारी टुंगो लगाउने पनि बताएको छ ।

  • २२ असार २०७९, बुधबार १३:३६ प्रकाशित
  • Nabintech