२ भाद्र २०७९, बिहीबार
राष्ट्रिय एथलेटिक्सको मन्त्री अथकद्धारा उद्घाटन
  • काँचुली खबर

१० असार, काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौंस्थित दशरथ रंगशालामा प्रतियोगिताको उद्घाटन गरेका छन ।

तिन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगिताले उत्कृष्ठ खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ठ प्रदशर्नकालागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामना समेत दिए ।

नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।

  • १० असार २०७९, शुक्रबार १७:४२ प्रकाशित
  • Nabintech