१३ बैशाख २०८१, बिहीबार
आर्थिक विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित
  • काँचुली खबर

असार ६, काठमाण्डौं । आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो । यसअघि उक्त विधेयकमाथि छलफल भएको थियो । छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए ।

यसपछि निर्णयार्थ प्रस्तुत गरिएको सो विधेयक बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

  • ६ असार २०७९, सोमबार १७:३२ प्रकाशित
  • Nabintech