१४ बैशाख २०८१, शुक्रबार
कालिकोटबाट हिडेको बस कर्णालीमा खस्यो, ४ को मृत्यु
  • काँचुली खबर

जेठ ११ काठमाण्डौं । बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट नेपालगञ्ज आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो ।

कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका २ अन्तर्गत सिस्ने भन्दा केही अगाडि कर्णाली क्रसर नजिकै बस दुर्घटना भएको स्रोतले जनाएको छ । कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।

घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

  • ११ जेष्ठ २०७९, बुधबार २१:३४ प्रकाशित
  • Nabintech