३ जेठ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा दोस्रो कार्यकालकालागि रामलखन थारु पुन: दोहोरीएका छन । पहिलो स्थानिय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थारु यस पटक पुन: निर्वाचित भएका हुन । पालिकाकै उत्कृष्ट वडाध्यक्षको छवी बनाएका थारुलाई माओवादी केन्द्रले पुन उम्मेदवार बनाएको थियो ।
पछिल्लो परिणाम अनुसार वडा नं. ७ मा थारुको नेतृत्वमा माओवादीको पुरै प्यानल बिजयी भएको हो ।
त्यसैगरी वडा नम्बर ६ को अध्यक्षमा राप्रपाका लबराज खरेलको प्यानल निर्वाचित भएको छ । खरेल यसअघि वडा नम्बर ६ मा कांग्रेसको वडा सभापति थिए । वडा अध्यक्षको टिकट नपाएपछि उनी राप्रपा प्रवेश गरेर चुनाव लडेका हुन् ।
वडा नम्बर ६ मा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।
३ जेष्ठ २०७९, मंगलवार ०८:०१ प्रकाशित