५ जेष्ठ २०८१, शनिबार
खजुरा-४ मा माओवादी बिजयी
  • काँचुली खबर

२ जेठ, खजुरा । बाँकेको खजुरा गाँउपालिकाको ४ नम्बर वडामा एमालेको विरासत भत्काउँदै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

४ नम्बर वडाको अन्तिम परिणाम अनुसार माओवादी केन्द्रका टेकबहादुर रोका क्षेत्रीले एमालेका उम्मेदवार तिलबिर सुनारलाई पराजित गर्दै एमालेको विरासत भत्काएका हुन् ।

वडाको अन्तिम परिणाम अनुसार रोका क्षेत्रीले १२२४ मत ल्याएर विजयी हुँदा एमालेका सुनारले ११२१ मत पाएका छन् ।

सदस्यहरुमा भने एमालेका बलबहादुर बुढा क्षेत्री र माओवादी केन्द्रका दुर्जी रावलले जितेका छन् । त्यसैगरि महिला सदस्यमा एमालेकी रितु गिरी र दलित महिला सदस्यमा एमालेकै लिलाकुमारी सुनासीले चुनाव जितेका छन् ।

खजुरामा वडन नम्बर ३ को मतगणना जारी छ ।

  • २ जेष्ठ २०७९, सोमबार १७:४३ प्रकाशित
  • Nabintech