२२ बैशाख २०८१, शनिबार
राप्तीसोनारी २ मा एमालेको प्यानल विजयी
  • काँचुली खबर

१ जेठ, कोहलपुर / बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न. २ को वडा अध्यक्षमा ज्ञानेन्द्रराज वलीको प्यानल विजयी भएको छ । नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका वली भारी मतले वडा अध्यक्षमा विजयी भएका हुन । वडा न. २ मा ४ हजार ६ सय ५५ मत खसेकोमा २ हजार ९७ मत प्राप्त गर्दै वली बजयी भएका हुन ।

त्यसैगरी महिला सदस्यमा १९ सय ४५ मत प्राप्त गर्दै राधा घर्ती पुन बिजयी भईन भने दलित महिला सदस्य सृजना सार्कीले १९ सय ४६ मत प्राप्त गरीन । खुल्ला सदस्यद्धवय दिर्घ बहादुर र छविलाल कामी क्रमशः १८ सय ५२ र १८ सय ८८ मत प्राप्त गर्दै बिजयी भएका छन ।

  • १ जेष्ठ २०७९, आईतवार १७:२७ प्रकाशित
  • Nabintech