७ बैशाख २०८१, शुक्रबार
कान्तिपुर र काठमाडौं पोस्टका प्रधान सम्पादकद्वारा राजीनामा
  • काँचुली खबर

कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाडौं पोस्टका सम्पादक अखिलेश उपाध्यायले व्यवस्थापन समक्षा राजीनामा दिएका छन्।

कान्तिपुर मिडिया ग्रुपले सम्पादकलाई जनरल म्यानेजरको मातहत राख्‍ने निर्णय गरेपछि कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्मा र ‘द काठमाडौं पोस्ट’ दैनिकका प्रधान सम्पादक अखिलेश उपाध्यायले संयुक्त राजीनामा दिएका हुन्।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले टाइम्स अफ इन्डियाका रजनीशलाई अध्यक्षपछिको वरीयता दिएपछि प्रधानसम्पादकद्वयले राजीनामा बुझाएका हुन्।

दुवै सम्पादकको केही समयदेखि व्यवस्थापनसँग मतभिन्नता रहेको र पछिल्ला दिनमा दुवै पक्षबीच छलफल भए पनि सहमतिमा पुग्न नसकेको कान्तिपुरका पत्रकार बताउँछन्।

 

स्रोत : फरकधार

  • २६ असार २०७५, मंगलवार १९:१४ प्रकाशित
  • Nabintech