५ जेष्ठ २०८१, शनिबार
राप्ती सोनारी १ र ३ मा एमालेको प्यानल बिजयी
  • काँचुली खबर

१ जेठ, अगैया (बाँके) / राप्ती सोनारी गाउँपालिकामा वडा १ र ३ मा ने.क.पा. एमालेको पुरै प्यानल बिजयी भएको छ ।

एमाले राप्ती सोनारी गाउँपालिका वडा नं. १ का अध्यक्षका उम्मेदवार यम बहादुर खड्का ८ सय ७७ मत ल्याएर विजयी भएका हुन । यसै गरी महिला सदस्यमा याम कुमारी वलीले ९ सय ४९ तथा दलित महिला सदस्य निर्मला बि.क. ले ८ सय ६३ मत प्राप्त गर्दै विजयी भएक छिन । खुल्ला सदस्य तर्फ चर्क बहादुर भण्डारीले ८ सय १६ र भरत कुमार बुढाथोकीले ८ सय २६ मत ल्याएका छन ।

त्यसैगरी एमालेबाट वडा न. ३ वडाध्यक्षका उम्मेदवारमिन कुमार थारु १ हजार ३ सय ४३ मत प्राप्त गर्दै बिजयी भएका हुन । यसै महिला सदस्यमा सुमित्रा कुमारी थारुले १ हजार ३ सय १३ तथा दलित महिला सदस्य रीता दमाईले १ हजार ३ सय १२ मत ल्याएकी छन । खुल्ला सदस्य तर्फ पुन्वा थारुले १ हजा २ सय ९९ र मंगल बहादुर वलीले १ हजार २ सय ८९ मत ल्याएर बिजय भएका हुन ।

  • १ जेष्ठ २०७९, आईतवार ०८:१२ प्रकाशित
  • Nabintech