१३ बैशाख २०८१, बिहीबार
गैंडाको खाग र सालकको खपटासहित चारजना पक्राउ
  • काँचुली खबर

नेपाल प्रहरीले राजधानीको सुकेधारास्थित दियो रेष्टुरेन्टमा गैंडाको खाग बिक्री गर्न लागेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी काठमाडौंको विशेष टोलीले उक्त रेष्टुरेन्टमा खानतलासी गर्दा गैँडाको खागजस्तो देखिने वस्तुसहित २२ वर्षीय टेकराज वयलकोटी र २८ वर्षीय सुमन खत्रीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले निजहरूलाई आवश्यक अनुसन्धानपछि कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाउने प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए ।

त्यस्तै, प्रहरीले काठमाडौंकै नयाँबजारमा दुर्लभ वन्यजन्तु सालकको खपटाको कारोबार गर्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले चेकजाँच गर्दा बा ७ ९ प १७०७ नम्बरको मोटरसाइकलमा सवार ३० वर्षीय राजन घिमिरे र २७ वर्षीय मानबहादुर थापालाई १०५ ग्राम सालकको खपटासहित पक्राउ गरेको जनाएको छ ।

निजहरूलाई पनि आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइने प्रहरीले बताएको छ ।

  • २६ असार २०७५, मंगलवार १८:४४ प्रकाशित
  • Nabintech