५ जेष्ठ २०८१, शनिबार
जानकी गाउँपालिका १ मा जसपाका राई विजयी
  • काँचुली खबर

१ जेठ, नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका मोहम्मद रजा राई विजयी भएका छन् ।

नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजु काँदुलाई पछि पार्दै वडा अध्यक्षमा राई निर्वाचित भएका हुन् ।

१ हजार १ सय ७४ मत ल्याएर राई निर्वाचित हुँदा उनका प्रतिद्वन्दी वर्माले ८ सय ४० मत प्राप्त गरेका छन भने १ सय २० मत बदर भएको छ ।

सो वडामा कुल ४ हजार ४२ मत रहेको थियो, जस मध्ये ३ हजार २ सय ४२ मत खसेको थियो ।

  • १ जेष्ठ २०७९, आईतवार ०७:१५ प्रकाशित
  • Nabintech