५ जेष्ठ २०८१, शनिबार
ऐरावतीमा १५ हजार ७ सय १६ मतदाता: कुन वडामा कति मतदाता ? हेर्नुहोस
  • ऐरावती/प्युठान

स्थानीय तह निर्वाचन २०७९ का लागि प्युठानको ऐरावती गाउँपालिकामा मतदान गर्ने मतदाताको संख्या १५ हजार ७ सय १६ पुगेको छ । २०७४ मा १२ हजार ३ सय ४० मतदाता रहेको सो पालिकामा यसपटक ३ हजार ३ सय ७६ नयाँ मतदाता थपिएर उक्त संख्या पुगेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिए । जसमध्ये, ७ हजार ७ सय १ पुरुष र ८ हजार १५ महिला मतदाताको संख्या रहेको उनले बताए ।

ऐरावतीमा ६ वटा वडा रहेका छन । निर्वाचन अधिकृत खड्काका अनुसार, १ नम्बर वडामा १ हजार ४५६ पुरुष र १ हजार ३४४ महिला गरी २ हजार ८००, २ नम्बर वडामा १ हजार ५०१ पुरुष र १ हजार ५८१ महिला गरी ३ हजार ८२, ३ नम्बर वडामा १ हजार १२३ पुरुष र १ हजार ६६ महिला गरी २ हजार १८९, ४ नम्बर वडामा ९ सय ९१ पुरुष र १ हजार ९२ महिला गरी २ हजार ८३, ५ नम्बर वडामा १ हजार १८६ पुरुष र १ हजार ३७७ महिला गरी २ हजार ५६३ र ६ नम्बर वडामा १ हजार ४४४ पुरुष र १ हजार ५५५ महिला गरी २ हजार ९९९ मतदाता रहेका छन ।

त्यसैगरी सो गाउँपालिकामा कुल १७ मतदान स्थल र २१ मतदान केन्द्र रहेका छन । १ नम्बर वडामा ३ मतदान स्थल र ४ मतदान केन्द्र, २ नम्बरमा ३ मतदान स्थल र ४ मतदान केन्द्र, ३ नम्बरमा ३ मतदान स्थल र ३ मतदान केन्द्र, ४ नम्बरमा २ मतदान स्थल र ३ मतदान केन्द्र, ५ नम्बरमा ३ मतदान स्थल र ३ मतदान केन्द्र र ६ नम्बरमा ३ मतदान स्थल र ४ मतदान केन्द्र रहेको खड्काले जानकारी दिए ।

यो पनि पढ्नुहोस:

ऐरावती ६ को अध्यक्षमा ईन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी, जित सुनिश्चित

  • २७ बैशाख २०७९, मंगलवार २१:०८ प्रकाशित
  • Nabintech