१६ चैत्र २०८०, शुक्रबार
सिंहदरबारको गेटमा धर्ना दिने २५ जना मानव अधिकारकर्मी पक्राउ
  • काँचुली खबर

काठमाडौँ । सरकारले गरेका स्वेच्छाचारी निर्णय र स्वतन्त्रता विरोधी गतिविधि गरेकाे भन्दै सिंहदरबार बाहिर धर्नामा बसेका मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार सिंहदरवारको दक्षिण गेट अगाडि गरेकाे धर्ना र प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे हाे । प्रहरीले २५ जना मानव अधिकारकर्मीलाई हिरासतमा लिई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखेको छ । दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले उनीहरूलार्इ पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेहरु कृष्ण पहाडी, डा. गंगाधर अधिकार, कृष्ण कँडेल, उत्तम पुडासैनी, रेणुका पौडेल, बटुककृष्ण ढुंगेल लगायत छन् ।

  • २६ असार २०७५, मंगलवार १६:५८ प्रकाशित
  • Nabintech