५ जेष्ठ २०८१, शनिबार
मतदाताहरुको रोजाईमा विष्णु केसी
  • काँचुली खबर

२५ वैशाख, कोहलपुर / नेपाल कम्नियुष्ट पार्टी माओवादी केन्द्र राप्तीसोनारीले वडा नं ८ का वडाध्यक्ष पदका उम्मेदवार विष्णु केसीले आफुुु विजयी नजिक पुगेको बताएका छन । आफु पुगेका हरेक टोलहरुका मतदाताले दिएको माया र उत्साहले आफु विजयी नजिक पुगेको बताएका हुन ।

सरल स्वभाव, शालिन भद्र एवं नैतिकवान केसीलाई अधिँकाश मतदाताहरुले रुचाएका छन । अहिले माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार युवा जोशिला र समाजिक क्षेत्रमा चासो राख्ने व्यक्ति भएकाले पनि केसीलाई मतदाताहरुले रुचाएका हुन । नेपाल उद्योग व्यापार बाँके जिल्ला सदस्य तथा एम एण्ड बि आयल मिलका संचालक समेत रहेका केसीले राप्तीसोनारी ८ को मुहार फेर्न मास्टर प्लान बनाएको समेत बताए ।

‘म भ्रष्टचार विरोधी हुँ मलाई कुनै आशा अभिलाषा छैन, एकपटक जनताको सेव गर्न पाए म सन्तुष्ट हुनेछु’ केसीले भने । उनी वडामा बलिया उम्मेदवार समेत हुन ।

  • २५ बैशाख २०७९, आईतवार ०८:१८ प्रकाशित
  • Nabintech