ऐरावती ६ को अध्यक्षमा ईन्द्र खड्काको स्वतन्त्र उम्मेदवारी, जित सुनिश्चित

गुरुङ सरले अध्यक्ष पदमा टिकट नपाउँदा खड्कालाई फाइदा

  • ऐरावती/प्युठान

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ को वडाअध्यक्ष पदमा युवा समाजसेवी ईन्द्रबहादुर खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन । स्थानीय तहको यही ३० गते हुन गैरहेको निर्वाचनका लागि खड्काले ६ नम्बर वडाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

नेपाली काँग्रेसबाट रुष्ट बनेको एक पक्षको नेतृत्व गर्दै खडकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बुझिएको छ । उक्त वडामा काँग्रेसको रुष्ट पक्षको बहुमत रहेको बताइन्छ । सो वडामा खड्कालाई नेकपा माओवादी केन्द्रले साथ दिएको छ । माओवादी केन्द्रको तर्फबाट एक महिलासहित तीन सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन भने खड्काको तर्फबाट एक सदस्यले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खड्काको टिमबाट रेशमबहादुर थापा, हिमाल थापा, उमेश थापा र राधा पाण्डेले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

२०७४ को स्थानीय तहको निर्वाचनमा खड्का नेपाली काँग्रेसको तर्फबाट वडाअध्यक्ष पदमा चुनावी मैदानमा उत्रेका थिए तर, त्यति बेला उनले हार व्यहोरेका थिए । उक्त निर्वाचनमा उनि दोस्रो भएका थिए । राष्ट्रिय जनमोर्चाका चन्द्रबहादुर रानाले ५०१ मत प्राप्त गरी बिजयी बनेका थिए भने, खड्काले ४१८ मत प्राप्त गरी दोस्रो स्थानमा चित्त बुझाएका थिए ।

अहिलेको निर्वाचनमा भने खड्काको जित सुनिश्चित देखिएको स्थानीय बताउँछन । काँग्रेसको पुरै टिमले उनको साथ दिएको छ भने माओवादी केन्द्रले पनि साथ दिँदा जित सुनिश्चित भएको एक स्थानीयले बताए ।

गुरुङ सरले अध्यक्ष पदमा टिकट नपाउँदा खड्कालाई फाइदा :

२०७४ को स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट खुल्ला सदस्य पदमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरी विजयी बनेका यामबहादुर गुरुङ (गुरुङ सर) लाई सो पार्टीले अहिले वडाअध्यक्ष पदमा टिकट नदिँदा त्यसको फाइदा भने खड्काले लिन सक्ने देखिएको बताउँछन एक स्थानीय ।

गुरुङ सरले २०७४ को स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट सदस्य पदमा सबैभन्दा बढी ६४७ मत प्राप्त गरी विजयी हुँदा सो पार्टीबाट अध्यक्ष पदमा विजयी बनेका चन्द्रबहादुर रानाले जम्मा ५०१ मत प्राप्त गरेका थिए । जनमोर्चाले गुरुङ सरले प्राप्त गरेको उक्त मतको कदर नगरी अन्य व्यक्तिलाई अध्यक्ष पदको टिकट दिएर अन्याय गरेको बताउँछन् एक स्थानीयले ।

उनले भने,’जनमोर्चाको तर्फबाट त्यतिबेलाको चुनाबमा गुरुङ सरले सबैभन्दा बढी मत ल्याएर सदस्यमा जित्नु भएको थियो, अहिले पार्टीले अध्यक्ष पदमा टिकट दिन्छ भनेर हामीले आशा गरेका थियौं तर, उहाँलाई टिकट नदिएर गुरुङ सर मात्र होइन हामी माथि पनि जनमोर्चाले अन्याय गरेको छ । अब जनमोर्चालाई किन भोट दिनु पर्‍यो ?’

गुरुङ सरले अध्यक्ष पदमा राष्ट्रिय जनमोर्चाको तर्फबाट टिकट नपाइसकेपछि उनका थुप्रै समर्थकहरु अहिले चिन्तित बनेका छन । चिन्तित बनेका राष्ट्रिय जनमोर्चाका यिनै समर्थकहरुलाई आफ्नो पक्षमा पार्न सके खड्काको जित सुनिश्चित भएको स्थानीयहरु बताउँछन् ।

  • १२ बैशाख २०७९, सोमबार २१:३६ प्रकाशित
  • Nabintech