२ भाद्र २०७९, बिहीबार
सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई पितृशोक
  • काँचुली खबर

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पितृशोक परेको छ । महानिरीक्षक शैलेन्द्र खनालका पिता डा टिकाराम शर्माको सोमबार बिहान निधन भएको छ ।

पूर्व सहसचिव ७७ वर्षीय शर्माको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उहाँ लामो समयदेखि कलेजो, मधुमेह र उच्च रक्तचाप लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो । स्वर्गीय खनालको सोमबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको श्रीमती, महानिरीक्षक शैलेन्द्रसहित ३ छोरा र १ छोरी हुनुहुन्छ ।

  • २५ असार २०७५, सोमबार १२:४२ प्रकाशित
  • Nabintech