पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु
  • काँचुली खबर

कोहलपुरमा शनिबारदेखी पाँच दिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल कोहलपुर नगर समितिले सो तालिम आयोजना गरेको हो । प्रेस सेन्टरका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख अतिथी शुशिल शर्मा लामिछानेले तालिमको उद्घाटन गरेका थिए ।

उद्घाटनको क्रममा बोल्दै शर्माले प्रेस सेन्टर स्थापना कालदेखि हालसम्मको बारेमा जानकारी दिएका थिए । पत्रकारको परिचय सहित यसको निकै गहिराइसम्म पुगेर पशिक्षार्थीलाई बुझाएका थिए । पत्रकार पत्रकारीता पेशाको महत्व, समाचार कसरी उत्पादन हुन्छ, कहाँबाट आउँछ, कसरी लेख्ने, के कुन माध्यमबाट आएको समाचारलाई कसरी पुष्टी गर्ने र त्यसलाई बस्तुनिष्ठ, तथ्य, विश्लेषण, भाषा छनोट लगायत विविध कुराहरुको बारेमा चर्चा गरेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यस्तै नेकपा (माओवादी केन्द्र)का लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले पत्रकार र पत्रकारीता अब मिसन पत्रकारीतामा जोड दिनुपर्ने बताए । अहिलेको पत्रकारीता व्यवसायमुखी भएको छ उनले भने व्यवसायीमुखीसँगै मिसन पत्रकारीताको आवश्यक छ ।

यस्तै प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रदिव वाग्लेले फिल्ड रिपोटिङ्गदेखि जोखिमसम्मको अवस्थाका बारेमा चर्चा गरेका थिए ।

यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नगर सचिव दान बहादुर वली, कृष्ण बहादुर थारू, प्रेस सेन्टर नेपाल बाँकेका उपाध्यक्ष राजेश आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य खगेन्द्र आचार्य, प्रेस सेन्टर कोहलपुर नगर कमिटि सदस्य पुष्पराज हमाल लगायतको उपस्थित रहेको थियो ।

पाँच दिने तालिमको प्रशिक्षकहरुमा डक्ट धिताल, सिराज खान, शिव सुनार, शुशिल शर्मा लामिछाने, प्रदिव वाग्ले र राजेश आचार्य रहेका छन् । तालिममा कोहलपुर नगरभित्रका १५ वटै वडाबाट प्रशिक्षार्थीहरु सहभागी भएका छन ।

  • १५ फाल्गुन २०७८, आईतवार २२:०६ प्रकाशित
  • Nabintech