७ बैशाख २०८१, शुक्रबार
तमू (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान
  • काँचुली खबर

तमू (गुरुङ) संचारकर्मी संघ चितवनको अध्यक्षमा तुलमान गुरुङ चयन भएका छन् । सोमबार भरतपुरमा सम्पन्न पहिलो जिल्ला अधिवेशनले उनको अध्यक्षतामा पहिलो कार्यसमिति चयन गरेको हो ।

तीनवर्षे कार्यकालको लागि चुनिएको नयाँ नेतृत्वको उपाध्यक्षमा हीरालाल गुरुङ, सचिवमा राजनदिल गुरुङ, सहसचिवमा गीता गुरुङ र कोषाध्यक्षमा बलबहादुर गुरुङ (नेत्र)लाई चयन गरिएको हो ।

९ सदस्यीय कार्यसमिति सदस्यहरूमा घना गुरुङ, कमला गुरुङ, ममता गुरुङ र करिष्मा गुरुङलाई चयन गरिएको छ । बागमती प्रदेश सभा सदस्य रीना गुरुङ, तमू (गुरुङ) सञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष रविन गुरुङलगायतको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो ।

चित्रबहादुर गुरुङको नेतृत्वमा २०७१ सालमै तदर्थ समिति गठन भए पनि अधिवेशन हुन सकेको थिएन । चितवनमा कार्यसमिति गठन भएपछि तमू (गुरुङ) संचारकर्मी संघको हालसम्म दुईवटा जिल्लामा शाखा गठन भएको केन्द्रीय अध्यक्ष रविन गुरुङले जानकारी दिए । यसअघि कास्कीमा जिल्ला कार्यसमिति गठन भएको थियो ।

चितवनमा रहेका विभिन्न सञ्चारमाध्यममा २० जना तमू सञ्चारकर्मीहरु विभिन्न भूमिकामा कार्यरत छन् । बागमती प्रदेश सभा सदस्य रीना गुरुङले चितवनमा गुरुङ समुदायबाट क्रियाशील सदस्य संख्या बढ्दै गएकोमा खुसी व्यक्त गरिन् । जिल्ला शाखालाई मजबुत बनाउन आफूले सक्दो सहयोग गर्ने बताइन् ।

  • ९ फाल्गुन २०७८, सोमबार २१:१० प्रकाशित
  • Nabintech