१३ बैशाख २०८१, बिहीबार
सकेट बम र हर्नेट बन्दुक भेटियो
  • काँचुली खबर

गुल्मीको मालिका गाउँपालिकामा बिस्पोटक पदार्थ फेला परेको छ । मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुनास्थित पुरानो तत्कालिन माओवादीले लगाउने कमब्याटमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

स्थानीय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ ।

बम फेला पारेसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटना स्थल वरिपरि हेर्ने क्रममा सोहि ठाउँको १० मिटर नजिकै ओडारमा बड गृप टुक्रिएको अबस्थामा पुरानो खालको हर्नेट नामक बन्दुक भेटेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।

बम द्वन्द्वकालमा तत्कालिन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

बम डिस्पोजल गर्नको लागि बिरभद्रजंग गुल्मबाट डिस्पोजल टोली घटना स्थल तर्फ लाग्ने तयारीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत कार्कीले जानकारी दिए ।

बम फेला परेको स्थान सदरमुकामबाट झण्डै १ सय किलोमिटर टाढाको दुरीमा पर्छ ।

  • २४ असार २०७५, आईतवार ०९:१० प्रकाशित
  • Nabintech