६ जेष्ठ २०८१, आईतवार
नेपाली टिमको प्रदर्शनबाट मन्त्री अथक उत्साहित
  • काँचुली खबर

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन । अफ्रिकी देश मौरिसससँगको मैत्रिपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिएका हुन ।

दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मौरिससलाई १-० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो । अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित भएका थिए । रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिएका छन ।

प्रतियोगिता समयभरी निकै उत्साहित देखिएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गरे । मन्त्री अथकले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरेका छन । साथै पहिलो पटक मैत्रिपूर्ण खेलकालागि नेपाल आएको मौरिससको टिमलाई मन्त्री अथकले धन्यवाद दिएका छन ।

  • १९ माघ २०७८, बुधबार १०:०४ प्रकाशित
  • Nabintech