८ बैशाख २०८१, शनिबार
मन्त्री अथकद्धारा स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका नेता पुनलाई स्वागत
  • काँचुली खबर

पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन लामो उपचारपछि स्वदेश फर्किएका छन । सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फर्किएका नेता पुनलाई सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्वागत गरेका छन ।

उपचारपछि स्वदेश फर्किएका पुनलाई सरकारको तर्फबाट मन्त्री अथकले तथा पार्टीको तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गरेका हुन ।

जन्डिसको समस्या आएपछि पुन गत असोजमा बैंकक गएका थिए । त्यहाँको उपचार प्रभावकारी नभएपछि पुनलाई चीन लगिएको थियो । चीनमा लामो समय उपचार पछि पूर्ण रुपमा स्वस्थ हुँदै नेता पुन सोमबार स्वदेश फर्किएका हुन ।

  • १० माघ २०७८, सोमबार २१:१७ प्रकाशित
  • Nabintech