७ बैशाख २०८१, शुक्रबार
निर्वाचन आयोगले राप्रपालाई भन्यो, ‘विधानबाट हिन्दु राष्ट्र र राजसंस्था हटाउ’
  • काँचुली खबर

निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबारे हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द हटाउन भनेको छ ।

आयोगले २ माघमा राप्रपालाई पठाएको पत्रमा विधानको प्रस्तावनामा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भक्न्ने वाक्यांश हटाउन भनेको हो । यो संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले हटाउनुपर्ने आयोगले बताएको छ ।

आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको वर्ग संघर्ष, साम्यवाद जस्ता शब्द हटाउन निर्देशन दिएको थियो ।

  • ८ माघ २०७८, शनिबार २१:०४ प्रकाशित
  • Nabintech