६ बैशाख २०८१, बिहीबार
नेप्सेमा २० अंकको सुधार, ७ अर्ब ९० करोडको कारोबार
  • काँचुली खबर

सेयर बजार परिसूचक नेप्सेमा सोमबार थप २० अंकको सुधार आएको छ । गत आइतबार एकैदिन अधिकतम ६९ अंकले बढेर २९ सय २६.७४ विन्दुमा उक्लिएको नेप्सेमा सोमबार थप २०.६४ अंक थपिएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक २०.६४ अंकले बढेर २९ सय ४७.३८ विन्दुमा पुगेको छ । थप २० अंकले नेप्से बढिराख्दा यस दिन ७ अर्ब ९० करोड १८ लाखको कारोबार भएको छ ।

लगातार बढ्दो क्रममा रहेको मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । अर्थात् यस कम्पनीका लगानीकर्ताहरूले आज पनि १० प्रतिशतले कमाएका छन् भने यस एनएमबी डिभेन्चरका लगानीकर्ताहरूले अधिकतम् ३.९५ प्रतिशतले गुमाएका छन् ।

  • ३ माघ २०७८, सोमबार १६:३७ प्रकाशित
  • Nabintech