२ भाद्र २०७९, बिहीबार
भेषनारायण दाहालले दिए राजीनामा
  • काँचुली खबर

नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन् ।

नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न मन्त्रालयले बनाएको समितिले सोमबार मात्र कार्यकारी निर्देशक दाहालाई कारबाही गर्न सिफारिस गरेको थियो ।

त्यसको भोलिपल्ट मंगलबार दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले बताएको छ । दाहालले पनि सञ्चालन समितिका कार्यकारी निर्देशकबाट राजीनामा दिएको पुष्टि गरे ।

  • २७ पुष २०७८, मंगलवार १४:३१ प्रकाशित
  • Nabintech