युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले अब निर्माण गरीने सबै खेल पुर्वाधारहरु अन्तराष्ट्रिय स्तरका हुनुपर्ने बताएका छन । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लर्ड लाइट राख्ने प्रक्रिया अघि बढाएको उल्लेख गर्दै मन्त्री अथकले अब बन्ने हरेक खेलकुदका पूर्वाधारहरु अन्तर्राष्ट्रिय स्तरका हुने बताएका हुन ।
सोमबारबाट काठमाण्डौंमा शुरु भएको ‘पीएम कप टि-२०, राष्ट्रिय क्रिकेट प्रतियोगिता’को उद्घाटन गर्दै मन्त्री अथकले वर्तमान सरकार खेल पुर्वाधार र समग्र खेल क्षेत्रको विकासमा गम्भिर रहेको बताए । यद्यपी अदालतको पछिल्लो अल्पकालिन आदेशका कारण खेल क्षेत्रमा दिर्घकालीन असर परेको जिकिर गर्दै मन्त्री अथकले अदालतले राखेपको सदस्यसचिव सम्बन्धि मुद्दालाई लम्ब्याएर झुलाउने प्रयास गरेको आरोप लगाए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378

मन्त्री अथकले राखेप जस्तो संस्थाको विषय अदालतमा पुग्नु आफैमा दुर्भाग्यपूर्ण रहेको बताउँदै मुद्दालाई थप लम्ब्याउँदै झुलाउनु अझै दुर्भाग्यपूर्ण रहेको जिकिर गरे ।
क्रिकेटले अहिले नेपालको पहिचान विश्वस्तरमा पुर्याएको चर्चा गर्दै यसलाई बरकार राख्नका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा मन्त्री अथकले जोड दिए । साथै आफ्नै कार्यकालमा मूलपानी क्रिकेट मैदानलाई पूर्णता दिईने जिकिर गर्दै मन्त्री अथकले भने, “कीर्तिपुर मैदानमा फ्लर्ड लाइट जडानको प्रक्रिया अगाडी बढाएका छौं, लाईट जडान भयो भने नाइट शो पनि गर्न सकिने छ ।’

सरकार अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा जुट्नु पर्ने भए पनि राखेपको मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेकाले प्रक्रिया सुरु गर्न ढिलाई भएको जिकिर गर्दै मन्त्री अथकले भने, ‘चाँडै यो समस्या हल भएर काम गर्ने वातावरण बन्नेमा विश्वस्त छु ।’
२६ पुष २०७८, सोमबार २२:३० प्रकाशित