१२ बैशाख २०८१, बुधबार
पनौतीमा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य शिविर
  • काँचुली खबर

लायन्स क्लब र भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडमौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको नि:शुल्क स्वास्थ चेकजाँच गरिएको हो ।

२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र नि:शुल्क इसीजिको चेक जाँच गरिएको हो । लायन्स क्लब काठमाडौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।

दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजका महासचिव भुषणकुमार श्रेष्ठले जानकारी दिए । साथै जन्मदिन र बैवाहिक जीवनमा बाधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उनले बताए ।

भोमी अस्पताल म्यानेजर राजेश कुमार शाहीका अनुसार शिविरको आयोजना गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग पुग्ने छ । त्यस्तै, भोमी साहारा कार्ड बितरण गरेको उनले बताए । भोमी साहारा कार्डमा निशुल्क एम्बुलेन्स, नि:शुल्क चेकअप, नि:शुल्क परामर्श र अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ ।

  • २५ पुष २०७८, आईतवार २२:४३ प्रकाशित
  • Nabintech