११ बैशाख २०८१, मंगलवार
तमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा सात पत्रकार पुरस्कृत
  • काँचुली खबर

तमू ल्होसार २०७८ को उपलक्ष्यमा सात पत्रकार पुरस्कृत भएका छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरी विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पुरस्कृत गरेको हो ।
वरिष्ठ पत्रकार उजीर मगर पूर्वप्रधानसेनापती छत्रमानसिंह गुरुङ तथा कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । यस्तै, सोही पुरस्कारबाट मर्दी न्युज डटकमका खड्गजंग गुरुङ पनि सम्मानित भएका छन् । दुवैले जनही २० हजार एक रुपैंया प्राप्त गरेका छन् ।

सुश्री भद्राकुमारी घले पत्रकारिता पुरस्कारबाट ढोरबराही एफएमकी समाचार प्रमुख ममता गुरुङ, तमू ल्होसार मूल आयोजक समिति पत्रकारिता पुरस्कारबाट गोरखापत्र राष्ट्रिय दैनिकका फोटो पत्रकार सुजन गुरुङ, आदिकवी हर्कबहादुर गुरुङ स्मृति पत्रकारिता पुरस्कारबाट रेडियो नेपालको क्षेत्रीय प्रशारण पोखरामा कार्यरत इन्दिरा गुरुङ, लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट बुद्ध दर्शन टिभी नवलपुरकी समाचार वाचिका चन्दा गुरुङ पुरस्कृत भएका छन् । पुरस्कृत सवैले जनही दस हजार एक रुपैंया प्राप्त गरेका छन् ।

यस्तै, सिआई टेकबहादुर गुरुङ पत्रकारिता पुरस्कारबाट धादिङ अपडेटका सम्पादक दोलख गुरुङ पुरस्कृत भएका छन् । उनले पाँच हजार एक रुपैयाँ प्राप्त गरेका छन् ।
सो अवसरमा गुरुङ न्युज डटकमको लोकार्पण पनि गरिएको छ । तमू ९गुरुङ० सञ्चारकर्मी संघ, नेपालले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्नुका साथै जारी ल्हो (वर्ष) भित्र विभिन्न क्षेत्रमा प्रगति हासिल गरेका व्यक्तित्वको सफलताको यात्रालाई समेटेर गुरुङ न्युज डटकम प्रकाशन गर्दै आइरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तमू ह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले सरकारले तमू ल्होसाररको दिन सार्वजनिक विदा दिनुपर्ने माग दोहो¥याए ।
‘हामी गुरुङ समुदायले यसअघि तमू ल्होसारको उपलक्ष्यमा सार्वजनिक विदा पाउथ्यौं । तर, केपी ओली नेतृत्वको अघिल्लो सरकारले हामीले पाउँदै आएको उक्त विदा काटिदियो । दुःखको कुरा उक्त निर्णय सिफारिस गर्ने मन्त्री आदिवासी जनजाती नै थिए’, उनले भने, ‘मलाई विश्वास छ कि अहिलेको सरकारले यस पटक तमू ल्होसारको दिन सार्वजनिक विदा दिने छ । यदि, दिएन भने यो सरकारले विभेदलाई निरन्तरता दिएको ठहरिनेछ ।’

  • १३ पुष २०७८, मंगलवार १९:१९ प्रकाशित
  • Nabintech