१३ बैशाख २०८१, बिहीबार
प्रहरीद्वारा पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत
  • काँचुली खबर

नेपाल प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रहरीले आ.व. २०७८/०७९ को पहिलो पाँच महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त बहादुर कुँवरले बितेको पाँच महिनाको गृह प्रशासन सुधार कार्य योजना २०७४ को मुख्य उपलब्धि, नेपाल प्रहरी कार्य योजना २०७७, विभिन्न तहमा कार्यसम्पादन करार सम्झौता २०७८, प्रहरी हवल्दार तथा प्रहरी जवानहरूको उत्प्रेरणा अभिवृद्धि योजना २०७७, जुनियर प्रहरी अधिकृतहरूको कार्यसम्पादन स्तर र सन्तुष्टिको अवस्था, प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ को कार्यान्वयनको अवस्था, कोभिड-१९ महामारी रोकथाममा नेपाल प्रहरी तथा नेपाल प्रहरी अस्पतालले निर्वाह गरेको भूमिकाको साथै समग्र प्रहरी संगठनको नीतिगत सुधार तथा कार्यक्रमहरूको बारेमा जानकारी दिएका थिए ।

एसएसपी कुँवरले गत साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा मानवश्रोत व्यवस्थापनतर्फ गरिएका नयाँ नियुक्ति, सरुवा बढुवारपदस्थापना र काज खटिएका प्रहरी कर्मचारीहरूको साथै पुरस्कार र सजायको विवरण प्रस्तुत गर्नुका साथै सो अवधिमा भएका विपद् घटना र सोबाट भएको क्षति सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।
उनले आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ गरी दुवै आ.व.को पाँचरपाँच महिनाको अवधिमा भएको अदालती फैसला कार्यान्वयन, पेण्डिङ् तथा फर्छ्‍यौट मुद्दा, राजश्व संकलन, सवारी दुर्घटना, लागूऔषध, प्रहरी कर्मचारी विरूद्धको उजुरी दर्ता तथा फर्छ्यौट, अवैध हातहतियार तथा विष्फोटक पदार्थ बरामदतर्फ, अपराध तथ्याङ्क र महिला बालबालिका सम्बन्धी अपराधको अवस्थाबारे तुलनात्मक विवरणको जानकारी गराएका थिए ।
पत्रकार भेटघाट कार्यक्रममा एसएसपी कुँवरले आमहत्या रोकथाम तथा नियन्त्रण गर्नका लागि सबै सरोकारवाला निकायहरु एवम् स्थानीय तहसँग समन्वय र सहकार्य गरी नेपाल प्रहरी अगाडि बढ्ने बताए । उनले गलत कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याई निष्पक्ष छानबिन गरिएको उल्लेख गर्दै संगठनको हितको लागि संचारकर्मीहरूबाट प्राप्त राय सुझावप्रति आभार व्यक्त गरेका थिए ।

  • १२ पुष २०७८, सोमबार २०:२३ प्रकाशित
  • Nabintech