१३ बैशाख २०८१, बिहीबार
माओवादी केन्द्र र मसालको विद्रोही समूहबीच आज एकता हुँदै
  • काँचुली खबर

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको (सम्पर्क केन्द्र)बीच एकता हुने भएको छ । आज शुक्रबार एक समारोहबीच दुबै पार्टीबीच एकता हुने भएको हो जसका लागि १२ बजे त्रिपुरेश्वरमा पार्टी एकता घोषणा सभा समेत आयोजना गरिएको छ ।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।
यसैबीच मसालका महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा दिँदै पार्टीमा फर्कन आग्रह गरेका छन् । बिहीबार विज्ञप्ति निकालेर उनले यस्तो आग्रह गरेका हुन ।
विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल (सम्पर्क केन्द्र)को स्थापना गरेको बताइएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको बताइएको छ ।

  • ९ पुष २०७८, शुक्रबार ०७:२० प्रकाशित
  • Nabintech