१४ बैशाख २०८१, शुक्रबार
माओवादी केन्द्रको महासचिवमा पम्फा भुसालको दाबी
  • काँचुली खबर

पुस ११ देखि १३ सम्म हुन थालेको नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा अध्यक्षपछि दोस्रो शक्तिशाली र कार्यकारी भूमिकामा रहेको पद हो–महासचिव । महासचिवका लागि पार्टीभित्र आकांक्षीका दावी शुरु भएका छन् । यद्यपी अध्यक्षमा निर्विकल्प मानिएका प्रचण्ड आफैले भने भावी महासचिवलाई लिएर कुनै संकेत दिएका छैनन् । त्यसैले माओवादीको भावी महासचिवलाई लिएर मानिसहरुका आ–आफ्ना अड्कलवाजी छन् ।
महासचिवका लागि स्थायी कमिटी सदस्य एवं हालका उर्जा मन्त्री पम्फा भुसालले पनि दावी पेश गरेको नेताहरु बताउँछन् । यसो त नेकपा माओवादी केन्द्रको राष्टिय सम्मेलन निजकिदै गर्दा पदाधिकारीमा आकाक्षीहरु पनि खुल्दै जान थालेका छन् । प्रचण्डसँग विश्वासपूर्ण सम्बन्ध रहेकी पम्फा भुसाल महासचिवको बलियो दावेदारका रुपमा देखिएकी छिन् । महासचिवमा भुसालबाहेक वर्षमान पुन, जर्नादन शर्मा र गिरीराजमणी पोखरेल पनि दावेदार देखिएका छन् ।
भुसालले निकटहरु र प्रचण्डसँगसमेत आफु अन्य नेताका तुलनामा धेरै सिनियर रहेकाले महासचिवको योग्य उम्मेद्वार रहेको बताउने गरेकी छिन् । विद्यार्थी राजनितिदेखि हेर्ने हो भने पुन, शर्मा र पोखरेलभन्दा भुसाल बरिष्ठ हुन् । पुन र शर्मा स्थायी तहको राजनीतिमा रहँदा भुसाल राजनितिको उपल्लो तह मै पुगिसकेकि थिईन । उनी २०५१ सालमा तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्ष भएकी थिइन् । त्यो तत्कालीन नेकपा माओवादीको खुला मोर्चा थियो । २०५२ असारमा उनलाई हटाएर माओवादीले डा.बाबुराम भट्टराईलाई मोर्चाको अध्यक्ष बनाएको थियो ।

भुसाल पारिवारिक विरासतविना राजनितिमा होमिएर शीर्ष नेतृत्वमा पुग्ने पहिलो महिला पनि हुन् । महासचिव अध्यक्षपछिको कार्यकारी पद भएकोले महिलालाई अघि सार्नुपर्ने तर्क पनि माओवादीमा बृतमा बलियो छ । पम्फा भुसाल स्वयमले पनि पार्टी अध्यक्ष प्रचण्ड हुँदासम्म पहिलो नेताको रुपमा आफुलाई नसोच्ने बताउँदै आएकी छिन् । उनले एक अन्र्तवार्तामा भनेकी छिन् ‘अध्यक्ष प्रचण्डपछि अहिलेका पुस्ता कसैको नेतृत्व मान्दिनँ ।’
अहिले उनी माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये एक हुन् । देउवा सरकारमा पम्फाले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय हाँकिरहेकी छन् ।
अहिलेको सरकारमा सवैभन्दा राम्रो ‘पर्फमेन्स्’ देखाउने मन्त्रीमा उनी नै अगाडि छिन् । विपन्नलाई विद्युत महसुल निःशुल्क गर्ने, किसानलाई सिँचाइमा महसुल घटाउने, भारतसंग बिद्युत ब्यापार संझौता लगायतका कामले मन्त्री भुसाललको लोकप्रियता बढदै गएको छ । यी सवै कारणले गर्दा भुषालको सम्भावना बलियो रहेको माओवादी बृतमा चर्चा चल्न थालेको छ । यद्यपी महासचिव चुनावमार्फत वा सर्वसम्मत विधिबाट चयन हुन्छ भन्ने टुंगो लाग्न भने बाँकी छ । (समयपोष्ट डटकमबाट)

  • ८ पुष २०७८, बिहीबार २०:२० प्रकाशित
  • Nabintech