६ जेष्ठ २०८१, आईतवार
खेलकुदमन्त्री अथकद्वारा दाङका खेल पुर्वाधारहरुको निरीक्षण
  • काँचुली खबर

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) ले दाङमा रहेका खेल पुर्वाधारकाे निरिक्षण गरेका छन । दुई दिने जिल्ला भ्रमणकालागि दाङ पुगेका मन्त्री अथकले बेलझुण्डि र रामपुरमा रहेका खेल पुर्वाधारहरूकाे निरिक्षण गरेका हुन ।
राष्ट्रिय खेलकुद परिषदकाे प्रतिनिधि सहित बेलझुण्डि रंगशालाकाे निरिक्षणमा पुगेका मन्त्री अथकले निर्माणाधिन अवस्थामा रहेका तथा निर्माण सम्पन्न भईसकेका खेल संरचनाकाे संरक्षण गर्नुपर्ने बताए । राज्यकाे कराेडाैं लगानिमा तयार भएका खेल संरचना संरक्षण अभावमा जिर्ण हुने अवस्थामा पुग्नु दुखद भएकाे बताउँदै उनले सम्बन्धित स्थानियले नै संरक्षणकालागि अपनत्व लिनुपर्नेमा जाेड दिए ।

निर्धारित समयमै नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेकाे बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियाेगिताका पुर्वाधारकाे मर्मत सम्भार तथा थप नयाँ पुर्वाधार निर्माणकालागि आवश्यक बजेट बिनियाेजन गरिने बताए ।
‘हामिसँग प्रयाप्त मात्रमा खेल पुर्वाधारहरू छन’ मन्त्री अथकले भने, ‘उपलब्ध पुर्वाधारमै नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगिता संचालन गर्न सम्भव छ, हामी त्यसकाे तयारीमा जुटेका छाैं ।’
अनुगमनका क्रममा मन्त्री अथकले आठाैं राष्ट्रिय खेलकुद प्रतियाेगिताकालागि निर्माण गरिएका खेल संरचनाका साथै दाङ जिल्ला क्रिकेट संघकाे कार्यालय, घाेराही कभर्ड हल, राष्ट्रिय खेलकुद परिषदकाे कार्यालय तथा कार्यालयसँगै रहेकाे रंगशालाकाे सिन्थेटिक ट्रयाककाे समेत अनुगमन गरेका थिए ।

  • २७ मंसिर २०७८, सोमबार २०:५४ प्रकाशित
  • Nabintech