१३ बैशाख २०८१, बिहीबार
एकल पुरुषलाई मासिक भत्ता
  • काँचुली खबर

काठमाडौं । ललितपुरको बागमती गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिने भएको छ ।

गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले एकल पुरुषलाई भत्ता दिने व्यवस्था सहित प्रस्तुत गरेकको आर्थिक वर्ष २०७४/७५ को नीति कार्यक्रम तथा बजेट पारित भएको छ ।

‘ गाउँपालिकाको ३३ करोड ६७ लाख रुपैयाँ बजेटमध्य एकल पुरुषलाई भत्ताको व्यबस्था गरिएको हो । भत्ताबापत मासिक २ लाख रुपैयाँ छुट्याइएको लोप्चनले बताउनुभयो । यो बजेट अपुग भए गाउँसभाबाट पुन;पारित गर्ने व्यवस्था समेत गरिएको छ ।

भत्ता पाउने एकल पुरुषको उमेर ६० पुगेको हुनुपर्ने मापदण्ड बनाईएको छ । ६० देखी ७० वर्षका पुरुषलाई मात्रै भत्ता दिने मापदण्ड बनाईएको छ । ‘७० बर्ष देखि बृद्धभत्ता नै पाउने भएकाले दोहरो सुबिधा नपाउनको लागी उमेर हद तोकेका छौं लोप्चनले भन्नुभयो’ गाउँपालिकाको सानो सहयोगले बुढेसकालमा एक्लै बस्नेलाई काम लागोस भनेर यस्तो व्यबस्था गरिएको उहाँले बताउनुभयो । एकल महिलाको हकमा समाज केहि उदार बने पनि पुरुषहरु पनि उत्तिकै पीडित बनेको देखेर आफुले यस्तो व्यवस्था गरेको बताउनुभयो ।

  • २२ असार २०७५, शुक्रबार १०:४५ प्रकाशित
  • Nabintech