६ जेष्ठ २०८१, आईतवार
टंकलाल घिसिङ राखेप सदस्य सचिवमा नियुक्त
  • काँचुली खबर

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

घिसिङ नेपाल रग्बी संघका संस्थापक केन्द्रीय अध्यक्ष, एसिया रग्बिको कार्यकारी बोर्ड सदस्य तथा एसिया रग्बीको ‘अडिट एन्ड रिस्क कमिटी’को प्रमुख समेत हुन् ।

सदस्य सचिव छनौटकालागि युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सहसचिव कमलप्रसाद पोखरेलको नेतृत्वमा छनोट समिती गठन गरेको थियो । उक्त समितिको सिफारीसको आधारमा सोमबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो ।

  • १३ मंसिर २०७८, सोमबार १७:४२ प्रकाशित
  • Nabintech