आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छ : उपराष्ट्रपति पुन
  • काँचुली खबर

उपराष्ट्रपति नन्दबहादुर पुनले बिभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई एकतावद्ध भएर संस्थागत गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा किरात राई तेश्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले बिभिन्न आन्दोलनका कारण नै किरात राई लगाएतका समूदायको प्रतिनिधित्व बढेको भन्दै यसलाई संस्थागत गर्न एकतावद्ध हुनुपर्ने बताएका हुन् ।
उनले राजनीतिक, सामाजिक, आर्थिक लगाएतका अधिकारलाई प्राप्तका गर्नका लागि पनि संगठित हुनुपर्ने धारणा राखे । उनले अहिले मुलुक बिकास र समृद्धिको बाटोमा रहेको भन्दै जनताको जिवनमा सकारात्मक प्रभाव पार्ने गरि समृद्धिको नारालाइ पुरा गर्नुपर्ने बताए ।

  • २७ कार्तिक २०७८, शनिबार १९:१३ प्रकाशित
  • Nabintech