१४ बैशाख २०८१, शुक्रबार
५ दिने महिला नेतृत्व विकास तालिम सम्पन्न
  • काँचुली खबर

समान पहुँच नेपाल नार्गाजुनको आयोजनामा ५ दिने महिला नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ । महिलाहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले नार्गाजुन नगरपालिकाको सहकार्यमा समान पहुँच नेपालले उक्त तालिमको आयोजना गरेको थियो ।
विशेष गरेर जनप्रतिनिधि महिलाहरुलाई लक्षित गरी सञ्चालिन गरिएको ५ दिने तालिममा संविधान प्रदत्त महिला अधिकारहरु, नेतृत्व विकास, उद्घोषण, भाषणकला, महिलाका कानुनी अधिकारहरु, घरेलु हिंसा, यौनजन्य दुरव्यवहार, सामाजिक कुरीति, स्थानिय तहका काम, कर्तव्य र अधिकार, माइन्यूट लेखन, न्यायीक समितिका काम, कर्तव्य र अधिकार, लैङ्गिक उत्तरदायित्व लगायतका विषयमा संविधान सभा सदस्य पेम्बा लामा, प्रदेश सभाका सदस्य बेलीमैया घले, टोखा नगरपालिकाका उप प्रमुख ज्ञानमाया ढुङ्गेल, अधिवक्ता निशा बानियाँ, कविता राई, योगमाया सापकोटा लगायतले प्रशिक्षण दिएका थिए । उक्त तालिममा नार्गाजुन नगरपालिकाका १० वटै वडाका नगर सदस्यहरु, वडा महिला सदस्य, वडा दलित महिला सदस्य र समाजका अगुवा महिलाहरु सहि ४५ जनाको सहभागीता रहेको थियो ।
प्रतिनिधि सभाका सदस्य कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । महिलाहरुलाई राज्यका हरेक निकायमा सक्षम, सबल र सशक्त बनाउनका लागि आफूहरुले नेतृत्व विकास तालिम सञ्चालन गरेको समान पहुँच नेपालका अध्यक्ष सानुमैया आचार्यले बताए । उनले आगामी दिनमा पनि संस्थाले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनका लागि विभिन्न सीप मुलक तालिम, नेतृत्व विकास लगायतका तालिमहरु सञ्चालन गर्ने भावी योजना रहेको बताए । संस्थाले महिला, दलित, निम्न वर्गहरुलाई लक्षित गर्दै यस्ता खालका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

  • २१ असार २०७५, बिहीबार १०:४६ प्रकाशित
  • Nabintech